
बागलुङ । डढेलोका कारण दुई महिनामा बागलुङमा दुई हजार १ सय ७४ हेक्टर वनमा क्षति भएको छ ।
फागुन ११ गते बरेङको सल्लेरी सामुदायिक वनबाट शुरु भएको डढेलो वैशाख १९ गतेसम्म ६८ वनमा फैलिएको थियो ।
जिल्ला डिभिजन वन कार्यालयका अनुसार फागुन ११ गतेदेखि सुरु भएको डढेलो वैशाखको १९ गतेसम्म ६८ वनमा लागेको थियो ।
दुई महिनामा ६६ सामुदायिक वन तथा दुई राष्ट्रिय वनमा डढेलो लागेको डिभिजन वन अधिकृत सरोज पन्थीले जानकारी दिनुभयो ।
राष्ट्रिय तथा सामुदायक वनमा आगलागीका कारण ठूलो क्षति भएको बन अधिकृत पन्थीले बताउनुभयो । दुई हजार १७४ हेक्टर वनमा देखिने क्षति भए पनि अप्रत्यक्ष रूपमा वन्यजन्तु र पर्यावरणमा ठूलो क्षति भएको उहाँको भनाई थियो ।
तमानखोला गाउँपालिका–२ स्थित रानीवन सामुदायिक वनमा वैशाख १३ गते लागेको डढेलोले एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
डडेकोका कारण जङ्गली जनावर पनि मरेको र केही बस्तीमा छिरेका पाएका जानकारी दिदै उहाँले जनावारको क्षतिको तथ्यांक संकलन गर्न नसकिएको बताउनुभयो ।
जिल्लामा एक लाख पाँच हजार ५ सय १ हेक्टर जमिनमा वन फैलिएको छ । जिल्लाको ३३ हजार ९ सय ९ हेक्टरमा ५ सय २७ सामुदायिक वन रहेका छन् ।