images
images

श्री राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई प्रदान

बागलुङ । श्री राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई प्रदान गरिएको छ ।

राधाकृष्ण मन्दिर सेवा समिति बागलुङले शनिवार एक कार्यक्रमको आयोजना गरी हरिहर सन्यास आश्रम देवघाटका पिठाधीश तथा सन्त समाज नेपालका अध्यक्ष श्री १ हजार ८ स्वामी ज्ञानानन्द सरस्वती महाराज लाई नगद एक लाख एक हजार एक सय एघार रुपैयाँ राशीसहित सम्मान पत्र र दोशल्ला ओढाएर सम्मान गरिएको हो ।

स्वर्गिय डम्वर वहादुर श्रेष्ठको स्मृतिमा उहाँका परिवारजन वाट स्थापना गरिएको यो पुरस्कार वैदिक सनातन धर्मको संरक्षण, पूर्वीय दर्शनको प्रचार र प्रवद्र्धनमा पुर्रयाएको योगदानको कदर गर्दै यसवर्ष स्वामी ज्ञानानन्द महाराज लाई प्रदान गरिएको राधाकृष्ण सेवा समितिका सचिव हरि प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

पोखरा विश्व विद्यालयका उपकुलपति प्राधयपक डाक्टर प्रेम नारायण अर्याल र राधाकृष्ण सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै पोखरा विश्व विद्यालयका उपकुलपति प्राधयपक डाक्टर प्रेम नारायण अर्यालले जीवन दर्शन संस्कार र संस्कृति वचाउने तर्फ सबै सरोकारवालाको ध्यान जानुपर्ने वताउनुभयो ।

धर्म संस्कृतिको विकासका लागि आगामी दिन विद्यालयहरु लाई पनि आध्यात्मिक चिन्तन गर्ने थलोको रुपमा विकास गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, राधाकृष्ण सेवा समितिका सदस्य निर्माण कुमार श्रेष्ठ वासु र डम्वर स्मृति कोषका परिवारका तर्फ वाट रसुमिला श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसअघि राधाकृष्ण मन्दिर सेवा समितिले डा जगमान गुरुङलाई डम्बर संस्कृति राष्ट्रिय पुरस्कार र भजन शिरोमणि गायक भक्तराज आचार्यलाई नन्द कला राष्ट्रिय पुरस्कार समर्पण गरि सकेको छ ।कार्यक्रम राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष भरतकुमार श्रेष्ठको स्वागत र सचिव हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।