images
images

ताराखोला गाउँपलिका, ३ का मेख बहादुर युके बाट फर्केर व्यावसायीक बाख्रापालनमा

बागलुङ । जिल्लाको ताराखोला गाउँपलिका वडा नं.३ बस्ने मेख बहादुर थापा युके बाट फर्केर व्यावसायीक बाख्रापालन गर्नुभएको छ । बेदेशबाट नेपालमै केहि गर्ने योजनाल बनाएर थापाले बाख्रा पालन गर्ने योजना सहित रु १४ लाख बाट ४० वटा बाख्रा किनेर फर्म सञ्चालन गर्नुभएको हो ।

ताराखोला गाउँपालिकाले २०७७ सालमा एकिृत नमुना कृषि फर्म ससर्तको बजेट अनुरुप रु ९ लाख अनुदान दिएर फर्म लाई व्यावस्थीत तवरले सञ्चालन गर्नलागि छुत्याएको पशु शाखा सहायक चिन्तामणी शर्माले जानकारी दिनु भएको छ ।

युके पुगेका थापाले अहिले पालिकाबाट लिएको बजेटबाट ९ लाख बजेटले गोठ निमार्ण बाख्राको खोर,खोरको क्षेत्रमा घेरा बार र अन्य सामाग्री निमार्ण गरेका र बाख्राको लागि बोयर,काठे र स्थानिय जातको १ सय बढि बाख्रा पालेर फर्मलाई सञ्चालन गर्नु भएको छ ।

यो फर्म सञ्चालन गर्दा मलाई बोडिङ स्कुल सञ्चालन गरे जस्तो लाग्छ विद्यार्थी लाई १० बजे बाट ४ बजे सम्म निगरानीमा राख्नु खाजा खुवानु जस्तै हो । विहान बेलुका दान दिने दिन भरि स्थानिय जङ्गल र निजी बाझो बसेको जग्गामा बाख्रा चढाउने गरे बताउनु भएको छ ।

बाख्रालाई अहिले जिउँदैमा पनि किलो सिस्टमले नाप्न सकिने भएको ले १ केजीलाई रु ५ सय ८० देखी ५ सय सम्म विक्रिगर्ने गरेको थापाले बताउनु भयो । अहिले वार्षिक आम्दानी ५ लाख देखी ६ लाख सम्म खर्च कताएत जम्मा गर्न सकिने र प्रदेश गएर दुख गर्नु छ त्यो दुख नेपालमा गर्न पाउदा खुशी लागेको बताउनु भएको छ ।