images
images

बिहुं रामकोटको ४१ औ वार्षिकउत्सव तथा रथयात्रा महोत्सव सम्पन्न

बागलुङ। बागलुङको काठेखोला गाँउालिका ५ स्थित त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रम बिहुं रामकोटले शुक्रबार ४१ औ वार्षिकउत्सव तथा रथयात्रा महोत्सव सम्पन्न भएको छ । वार्षिकउत्सव अवसरमा आयोजित रथयात्रामा भजन कृतज झाकी र बाजा गाजा गाँउपालिका भित्रका बिभिन्न क्षेत्रमा परिक्रमा समेत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा क्याम्पसका उपकुलपति डा. प्रेम नारायण अर्यालले राष्ट्र राष्ट्रियता तथा वैदिक सनातन धर्मको रक्षाको लागि परमानन्द सन्यास आश्रमले महत्वपुर्ण भुमिका निर्वाह गरेको वताउनुभयो । हराउदै गएको धर्म संस्कृतिको संरक्षण र तथा भाषा कला र साहित्यको उथ्थानका लागि सबै एक भएर लाग्नुपर्ने उहाँको भनाई थियो ।

सो अवसरमा पुर्व सांसद गोविन्द प्रसाद शर्मा कँडेल, टंङ्क प्रसाद शर्मा कँडेल,संस्कृत विश्वबिद्यालय दाङका कुल सचिव माधव अधिकारी, काठेखोला गाँउपालिकाका उपाध्यक्ष तिलक थापा,मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष गौरीशंकर शर्मा सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम मन्दिर परमानन्द सन्यास आश्रम बिहुँरामकोटका मठाधिस प्रधान संरक्षक तथा सन्त साजका अध्यक्ष १ हजार ८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको अध्यक्षता, मन्दिर व्यवस्थापन समितिका सहसचिव ज्ञामनाथ कँडेलको स्वागत र सचिव हरिप्रसाद शमां कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

यस आश्रममा गण्डकी प्रदेशकै ठुलो शिवलिङ्ग, संस्कृत गुरुकुल लगायतका बिभिन्न धार्मिक संरचना निर्माण भएसंगै पछिल्लो समय धार्मिक पर्यटकको संख्यामा समेत बृद्धि हुदै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।