images
images

मुख्य राजनीतिक दलको शक्ति संघर्षको कारण विकास र समृद्धिको अभियानले गति लिन सकेन : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई

बागलुङ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक दलको शक्ति संघर्षको कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताउनु भएको छ ।
बागलुङ उद्योग वाणिज्य संघले शुक्रबार बागलुङमा आयोजना गरेको नेपालको अर्थतन्त्रमा वर्तमान परिदृश्य र अवको यात्रा विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताउनु भएको हो ।
पूर्वअर्थमन्त्री समेत रहनु भएका भट्टराईले श्रम बेची वस्तु आयात गरेर नेपाल समृद्ध बन्न नसक्ने भन्दै नेपाललाई कृषि प्रधान देशबाट कृषि औद्योगिक प्रधान देशमा रूपान्तरण गर्न आवश्यक रहेको उहाको भनाई छ । देशको ऊर्वर जनशक्ति विदेसिनाले नेपालको उद्योग कलकारखानालार्य जनशक्तिको अभाव भएकोले युवा जनशक्तिलाई नेपालमानै वस्ने वातावरण बनानुपर्ने भट्टराईले तर्क छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका भट्टराईले  राष्ट्रिय पुँजी निर्माणका लागि सरकार र नीजि क्षेत्रले मिलेर अघि बढनुको विकल्प नरहेको भन्दै उत्पादन र उत्पादकत्व बढाएर मात्रै राष्ट्रिय पुँजीको निर्माण गर्न सकिने भट्टराईको भनाई छ । राष्ट्रिय औद्योगिक पुँजीमा जोड दिएर मात्रै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने भएकाले सोही अनुसारको योजना बनाउन सरकारलाई आग्रह गर्नु भयो ।
भट्टराईले अब आउने बजेटमा अंक मात्र बढेर आउने र त्यसले अर्थतन्त्रमा सुधार ल्याउन नसक्ने भन्दै बजेट परम्परगत भन्दापनि देशको बदलिदो अवस्था हेरी ल्याउनुपर्ने बताउनु भयो
सो अवसरमा राजनीतिक दल, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनीधि, उप प्रध्यापक, बैंकर्स, उद्योगी व्यवसायी, पत्रकार लगाएतले डा बाबुराम भट्टराईसँग अन्तर सम्वाद गरेका थिए । कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षता वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको धन्यवाद मन्तव्य र महासचिव ऋषिराम गौतमको संचालनमा सम्पन्न भएको थियो ।