बागलुङ, जिल्लाको बरेङ गाउँपालिका–३ नयाँ बजारका एक १८ बर्षिय युवा तिन वर्ष देखी पढ्नका लागि तरकारी तथा फलफुल बेचेर आम्दनीको श्रोत बनाएर अध्यन गरेका छन् ।
सानैदेखी घरको दुःख र आफ्नो पढाई प्रतिको मोहले गर्दा अध्यनलाई निरन्तरता दिनको लागि करिब २ रोपनी क्षेत्र फलमा रु ५० हजार बाट करेसा बारी तयारी गरेको जिवन ज्ञवालीले बताउनु भएको छ ।
अहिले हाम्रो मा काउली ब्रोकाउली बन्दा उत्पादन गरेको लहरे बाली अन्तर्गत काक्रो घिरौँला तितेकरेला र सिमि तयारी अवस्थामा छन भने टनेल भित्र सिम्लामिर्च,टमाटर लगाएका छौ टनेल बाहिर अकबरे खुर्सानी लगाएका छौ उहाँले बताउनु भएको छ ।
अहिले मात्र जिवनले १२ को परिक्षा दिएर बसेका छन, भने ९/१० कक्षा पढ्दै गर्दा सुरुगरेका ज्ञवालील उत्पादन भएको तरकारी स्थानिय बजार र छिमेकी गाँउ गुल्मी जिल्लाको बजार सम्म पुराउने गरेको बताउनु भएको छ ।
मासिक आम्दानी भनेको १० देखि १५ हजार सम्म कमाउने गर्ने गरेका बताउछन् । आफुले अहिले घर खर्च सहित अध्यन गर्ने पैसा कमाएको बताउनु हुन्छ ।
ज्ञवालीको यस कामले घरपरिवार र आफ्न्त छर–छिमेक पनि खुशि भएको र सानै उमेरमा आफ्नै खर्च ले अध्यन र देशमै केहि गर्छु भनि आत झिकेको र म अत्यन्त खुसी छु ज्ञवालीका बुबाले बताउनु भयो पहिला पहिला तरकारी आयत गरेर खान्थ्यो अहिले आफ्नै घरको छाराले उत्पादन गरेको अर्गानिक र ताजा खाने गरेको उहाँले बताउनुभयो
अहिले सबै साथिहरु प्रदेश तर्फ लाग्ने गर्दछन् तर म प्रदेशमा हैन आफ्नै देश गाउँमा कृषि क्षेत्रमा नै केही गर्ने योजना रहेको ज्ञवालीले बताउनु भएको छ ।