images
images

किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण

बागलुङ । बागलुङको बरेङ गाउँपालिकाले किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण गरेको छ । विसं २०७४ देखि चक्रपथ निर्माण थालेको गाउँपालिकाले वडा नं ५ देखि भित्रीवन, साग्दी सत्यवती, डाँडाकटेरी, झुले, हुँदै सल्यान जोडेको छ ।

ग्रामीण चक्रपथले दर्जनौँ गाउँबस्ती जोडिएपछि स्थानीय कृषक हर्षित भएका छन् । चक्रपथ मात्रै नभएर गाउँपालिकाले सबै बस्तीसम्म मोटरबाटो पु–याएको  छ । चक्रपथले विकट बस्तीसम्म जोडिएपछि अब यात्रा मात्रै नभएर स्थानीय उत्पादन बजार पु¥याउन सहज हुने भएको छ ।

गाउँपालिकाले रु सात करोडको लगानीमा उक्त चक्रपथ निर्माण गरेको हो । चक्रपथको विभिन्न खण्डमा स्तरोन्नतिसमेत गर्न थालेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।हरेक नागरिकलाई सडकको पहुँमा ल्याउन र किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा टेवा पु¥यायाउन गाउँपालिकाले चक्रपथ निर्माण गरेको उहाँको भनाइ छ ।

स्थानीय किसान मीनबहादुर पुनले चक्रपथले गाउँ जोडिएपछि बजार आउजाउ गर्न सहज भएको बताउनुभयो । गाउँपालिकाले चक्रपथ निर्माण गरेपछि तरकारी र फलफूल बजार पु¥याउन सजिलो भएको छ । ‘पहिला डोकोमा बोकेर सडक भएको ठाउँसम्म पु¥याउनुपर्थ्यो, अहिले बारीबाटै गाडीमा राखेर बजार पु¥याउन सकिन्छ’, पुनले भन्नुभयो ।