
बागलुङ । नेकपा एमाले जैमिनी नगर कमिटिको अध्यक्षमा देवेन्द्र रेग्मी निर्वाचित हुनुभएको छ । जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सम्पन्न दोस्रो अधिबेशनले रेग्मी नेतृत्वमा ५१ सदस्यीय नगर कमिटि निर्वाचित गरेको हो ।
नगर कमिटिको अध्यक्षका लागि जिल्लामै पहिलो पटक जैमिनीमा मतदान भएको थियो । अध्यक्षमा निवर्तमान उपाध्यक्ष टिका बहादुर उचै रेग्मीका बीचमा प्रतिस्पर्धा भएको थियो । रेग्मीले ७३ मत प्राप्त गर्दा उचैले ५५ मत पाए । १ सय ६५ प्रतिनिधिमध्ये एक सय ३१ जना मात्रै मतदानमा सहभागि भएको निर्वाचन अधिकृत तेजप्रसाद न्युरेले बताए । एक मत बदर भएको थियो ।
कमिटिका अन्य पदाधिकारी तथा सदस्य भने सर्वसम्मत चयन भएको थिए । कमिटिको उपाध्यक्षमा श्याम कुमार थापा, सचिवमा लिलाधर शर्मा, उपसचिवमा चित्र सुनार चयन भएका छन् ।
सदस्यहरुमा एक बहादुर सार्की, बिष्णु राज बिक, भैरव बहादुर छन्त्याल, पृथम चुनारा, मना छन्त्याल, पूर्ण बहादुर सार्की, बाबुराम पौडेल, चन्द्रकला जैसी, सोमनाथ आचार्य, दिपक आचार्य, देवी नेपाली, किरण हमाल, इन्दीरा थापा पुन, हेमलाल सार्की चयन भएका छन् ।
त्यस्तै यमसिंह राना मगर, तेज कुमारी नेपाली, बल बहादुर नेपाली, टिका ढकाल पौडेल, नरेश शर्मा, मिना क्षेत्री, कमला शर्मा क्षेत्री, दुर्गबहादुर थापा, हेम कुमारी उचै ठकुरी, बिष्णु नेपाली, भीमबहादुर नेपाली, तिलक पौडेल, बिदुर पौडेल र जंगबहादुर जिसी चयन हुनुभएको छ ।
अधिबेशनको उद्घाटन गर्दै नेकपा एमाले पोलिट व्युरो सदस्य जगत विश्वकर्माले जनताका मनिसा आवश्यकताको पहिचान गरी सरकारसम्म आवाज पुर्याउन पार्टी संगठन पुलको काममा लाग्नुपर्ने बताउनुभयो ।