images
images

श्री राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई प्रदान गरिने

बागलुङ । श्री राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई प्रदान गरिने भएको छ । राधाकृष्ण मन्दिर सेवा समिति बागलुङले मंगलबार पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएको हो ।

स्वामीलाई नगद एक लाख एक हजार एक सय एघार रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिने राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारीले जानकारी दिनु भयो ।आगामी जेठ १२ गते पोखरा विश्व विद्यालयका उपकुलपती प्रा डा नारायण अर्यालले पुरस्कार प्रदान गर्ने भएको छ ।

वैदिक सनातन धर्मको संरक्षण, पूर्वीय दर्शनको प्रचार र प्रवद्र्धनमा योगदान पुर्रयाएको भनि यो पुरस्कार प्रदान गर्न लागेको समितिले जनाएको छ ।प्रत्येक चार चार वर्षमा यो पुरस्कार वितरण गरिने अध्यक्ष राजभण्डारीले बताउनु भयो । कार्यक्रमको सञ्चालनमा समितिका सचिव हरिप्रसाद उपाध्यायले गर्नु भएको थियो ।

राधाकृष्ण मन्दिर सेवा समितिले डा जगमान गुरुङलाई डम्बर संस्कृति राष्ट्रिय पुरस्कार र भजन शिरोमणि गायक भक्तराज आचार्यलाई नन्द कला राष्ट्रिय पुरस्कार समर्पण गरि सकेको छ