images
images

दिलिसा (दिक्षा) भण्डारीलाई न्यायको माग गर्दै संघर्ष समितिद्वारा बागलुङ बजार बन्द

बागलुङ । दिलिसा (दिक्षा) भण्डारीलाई न्यायको माग गर्दै संघर्ष समितिले मंगलबार बागलुङ बजार बन्द गराएका छन्।

उनको न्यायका लागि दवाव दिन भन्दै गठन भएको संघर्ष समितिले मंगलबार दिउँसो १२ बजेदेखि २ बजेसम्मका लागि विरोध स्वरुप बजार बन्द गराएको हो ।

संघर्ष समितिका संयोजक कृष्ण भण्डारी, सचिव हरि जिसीले न्यायको लागि बजार बन्दको लागि आव्हान गरेको विज्ञप्तीमा उल्लेख छ ।

भण्डारीको जेठ १ गते भएको संस्कापद मृत्युलाई लिएर आठ दिनदेखि उनका माइती पक्ष, आफन्त र शुभचिन्तकले आन्दोलन गरि रहेका छन्।

बागलुङ नगरपालिका–१० गलुवा माइत भएकी १८ वर्षीया दिलिसाको श्रीमान र सासुले हत्या गरेको माइती पक्षले आरोप लगाउँदै दोसीलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

उनको मृत्युको विषयमा धौलागिरि अस्पतालले दिएको पोष्टमार्टमको प्रारम्भिक नतिजा अनुसार बालिकाले झुण्डिएर मृत्यु भएको भने पनि

भिसेरा रिपोर्ट नआएसम्म अझै केही भन्न सकिँने अवस्था नरहेको भन्दै ‘झुण्डिएको वा झुण्डाईएको भन्ने विषय अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले झुण्डिएको कोठाबाट दुईपन्ने लामो सुसाइट नोट समेत फेला पारेकोले सो नोटमा बाबुआमालाई सम्बोधन गर्दै माफी मागेको र आफूलाई मर्न बाध्य पार्नेहरुको नाम उल्लेख गरेको र

सुसाइट नोट बालिकाले नै लेखेको हो की होइन भन्ने बारे अनुसन्धान गर्न उनले अध्ययन गर्ने विद्यामन्दिर माविको पछिल्लो उत्तरपुस्तिका र सुसाइट नोट भेरीफाईका लागि जिल्ला प्रहरी कार्यालय बागलुङले विधिविज्ञान प्रयोगशाला, काठमाडौं पठाएका छन् ।