जेष्ठ नागरिकका लागि बागलुङमा भवन निर्माण हुने भएको छ । बागलुङ नगरपाकिला–३ खहरे खोला, सिम्ले आइतबार बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जेष्ठ नागरिक जिल्ला सघंका लागि भवन निर्माण कार्यको शुभारम्भ गर्नु भएको हो ।
जेष्ठ नागरिक भवनको निर्माणपछि जेष्ठ नागरिकको हितमा कार्य गर्न धेरै सहज हुने नगर प्रमुख श्रेष्ठले बताउनु भयो । उक्त भवन वानपा–३ संयोजनमा बागलुङ नगरपालिकाले बनाउन लागेको हो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, वडा अध्यक्ष सनि केसी, जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष चिरिञ्जिवि श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
जेष्ठ नागरिक जिल्ला संघ बागलुङको कार्यालय बागलुङ नगरपाकिला ३ किनारा टोलमा रहेको ३ नं वडा कार्यालयको भवनको सटरमा हुने भएको छ । कार्यक्रमको सञ्चालन जेष्ठ नागरिक जिल्ला संघ बागलुङका सचिव बद्री प्रसाद पौडेलले गर्नु भएको थियो ।