images
images

जिल्ला कमिटिको पहिलो पूर्ण बैठकको निर्णय सार्वजनिक

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्यसमिति बागलुङले जिल्ला कमिटिको पहिलो पूर्ण बैठकको निर्णय सार्वजनिक गरेको छ ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीका पोलिटव्यूरो सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज आजाद सीले जिल्लाको सापेक्षतामा उत्पादन सहितको क्रान्तिलाई जोड्दै उत्पादन मुलक कार्यमा लाग्ने निर्णय गरेको बताउनु भयो ।

उत्पादन सहितको क्रान्ति पार्टीको केन्द्रिय नीति समेत भएको भन्दै इन्चार्ज आजादले सोही अनुसार बागलुङका २ वटा स्थानीय तहबाट कार्यान्वयको चरणमा अगाडी बढ्को समेत बताउनु भयो ।

निसीखोला गाउँपालिका १ हुल्दीमा ४ सय सुन्तला कागतीका विरुवा र ढोरपाटन नगरपालिका ८ बोवाङमा ५० विरुवा ओखर रोपी सकेको उहाँको भनाई छ ।

‘चन्दा मागेर जीवन गुजारा गर्दैनौँ, अन्य दलका नेताहरुले जस्तो आफ्ना खेतबारी बाँझै राखेर छोराछोरी विदेश पठाएर पनि राजनीति गर्दैनौँ’ आजादले ‘भन्नुभयो हाम्रो पार्टीमा तेस्तो भेटे तत्काल कारबाही गर्छाै ।’

उहाँले उत्पादन सहितको पार्टी विस्तारको अभियान सुरुवात भइसकेको भन्दै गाउँ गाउँका सरकारी र नीजि खाली जग्गा भाडामा लिएर भुगोल सुहाउँदो उत्पादन सुरुवात गर्ने बताउनु भयो ।

उहाँले तत्काल संविधान संसोधन गरेर दलाल पुूँजीवादको अन्त्य गर्दै नेपाली समाज सुहाउँदो समाजवाद लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकले समाजवादी मोर्चालाई पालिका स्तरमा विस्ता गर्ने, जनजीविकासँग जोडिएका महंगी, भ्रष्टाचार, कालो बजारी, मिटर बजारी, बैंकको चर्काे व्याज, वडा स्तरमा वर्तमान राजनीतिक संकटको विकल्प, नेपाली विषेशताको समाजवाद विषयमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

त्यसैगरी पार्टीको मोर्चा फराकिलो बनाउन जिल्ला कमिटि सदस्यलाई पालिका स्तरमा कार्यविभाजन गरेको आजादले बताउनु भयो ।

त्यसैगरी पार्टीले जेठ ७ गतेलाई वेपक्ता स्मृति दिवसको रुपमा मनाएको छ ।

शशस्त्र द्वन्द्वका समयमा वलपूर्वक वेपत्ता पारिएका व्यक्तिका आफ्न्तलाई सत्यतथ्य जान्न पाउने अधिकारबाट बञ्चित गराउन नहुने भन्दै वेपक्ताको स्मरण गरिएको थियो ।