images
images

मुस्ताङका सरकारी कार्यालयहरुले आर्थिक वर्ष २०८/०८१ को १० महिनामा २ अर्ब ३६ करोड ३८ लाख बजेट खर्च

बागलुङ । मुस्ताङका सरकारी कार्यालयहरुले आर्थिक वर्ष २०८/०८१ को १० महिनामा २ अर्ब ३६ करोड ३८ लाख बजेट खर्च गरेका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले प्रकाशित गरेको खर्च विवरणमासंघ तथा प्रदेश कार्यालय र जिल्लाका ५ वटै स्थानीय तहलाई चालु वर्ष ३ अर्ब ८६ करोड ६० लाख विनियोजन भएकोमा सो बजेट सम्वन्धित कार्यालयमा निकासा भईसकेको उल्लेख छ ।

यो खर्च समग्र विनियोजित बजेटको ६१ दशमलव १४ प्रतिशत हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्ला स्थित संघ तथा प्रदेश कार्यालयहरुको चालु वर्षको १० महिनाको खर्च चालुतर्फ १ अर्ब ४९ करोड ५४ लाख विनियोजन भएकोमा १ अर्ब ३ करोड ९७ लाख अर्थात ६९ दशमलव ५३ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ १ अर्ब ३४ करोड ५५ लाख विनियोजितमध्ये ७० करोड ४९ लाख बजेट अर्थात ५२ दशमलव ३९ प्रतिशत खर्च भएको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले जानकारी दिए ।

कोष नियन्त्रक भण्डारीका अनुसार मुस्ताङका ५ स्थानीय तहलाई बैशाख मसान्तसम्ममा विनियोजित बजेट १ अर्ब २ करोड ५० लाखमध्ये ६१ करोड ९१ लाख अर्थात ६० दशमलव ०४ प्रतिशत निकासा भइसकेको छ ।

मुस्ताङमा संघीय कार्यालय तथा संघीय सरकारबाट स्थानीय तहलाई विनियोजन भएको विभिन्न शीर्षकको अनुदान ३ अर्ब २ करोड ३३ लाखमध्ये यो अवधिमा २ अर्ब ७ करोड ९५ लाख अर्थात ६८ दशमलव ६८ प्रतिशत वित्तीय भुक्तानी भएको कोष नियन्त्रक भण्डारीले बताए ।

बजेटमा संघीय कार्यालयलाई चालु खर्चतर्फ विनियोजन भएको १ अर्ब २२ करोड ७७ लाखमा ९३ करोड ४२ लाख अर्थात ७६ दशमलव ०९ प्रतिशत खर्च भएको छ ।