images
images

ज्यामरुककोटमा निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिए

बागलुङ । बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् ।

ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण गर्दै बागलुङका नेत्ररोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गरेका थिए ।

सिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले प्राविधिक सहयोग गरेको शिविरमा ९० जना बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।

शिविरमा स्थानीय वृद्धवृद्धादेखि अशक्त, अपाङ्गता भएका, बालबालिका तथा वयस्क सबै उमेर समूहकाको आँखा जाँच तथा उपचार गरिएको लेखसाइड युवा क्लबका अध्यक्ष धु्रव थापाले जानकारी दिए ।

शिविरमा ज्यामरुककोटको गौश्वारा, सानालेख, तमाने, भकुण्डे, फापरखेत र खवरा क्षेत्रबाट बिरामी आएका थिए ।