images
images

नेकपा एमाले काठेखोलाको अध्यक्षमा कार्की

बागलुङ । नेकपा एमाले काठेखोला गाँउ कमिटिको दोर्सो अधिवेशनबाट अध्यक्षमा पुन : डिल बहादुर कार्की निर्वाचित हुनुभएको छ ।

कमिटिको उपाध्यक्षमा नर बहादुर क्षेत्री, सचिवमा तिलक खड्का, उप–सचिवमा राजु गौतम र उजेली शर्मा चयन हुनुभएको छ ।

अधिवेशनले ६१ सदस्यीय कमिटि गठन गरेको निर्वाचन समिति संयोजक डाक्टर डिल्लीराज गौतमले जानकारी दिनुभयो ।

शनिबार सम्पन्न अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गर्नुभएको थियो ।

काठेखोला गाँउपालिका वडा नम्बर ६ बिहुँ सुल्डाँडामा सम्पन्न अधिवेशन शुरू हुनुअघि नारा सहित र्याली गरिएको थियो ।