images
images

मुस्ताङको एमाले अध्यक्षमा लालचन

बागलुङ । नेकपा एमाले मुस्ताङको आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका २ मार्फाका दीपक लालचन सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

शनिवार जोमसोममा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभएको अधिवेशनको बन्द सत्रले लालचनको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक बिक र उपसचिवमा सम्राट् गौचन रहेको ३१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।

त्यस्तै लेखा समिति संयोजकमा प्रेस चौतारी मुस्ताङको अध्यक्ष समेत रहनुभएकी सुनदेवी रसाइली चयन हुनुभएको छ ।

नवनिर्वाचित सचिव तिलक बिकका अनुसार नेतृत्वका लागि दाबी धेरै रहेको भए पनि सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि सबैले भूमिका खेलेका कारण सहज तवरले नेतृत्व चयन भएको हो