बागलुङ । ताराखोला गाउँपालिकामा भएको अपाङ्गहरुको लागि स्थानिय तहका जनप्रतिनिधी,कर्मचारी तथा अपाङ्ग भएका व्यक्तिहरुका लागि अपाङ्ग परिचय पत्र तथा समावेशी विकास सम्बन्धी १ दिने सचेतना कार्यक्रम सपन्न भएको छ ।
कार्यक्रमा ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिम बहादुर रोकाले यस स्थानमा रहेका विभिन्न किसिमका अपाङ्गहरुका लागि हस्पितल बेड,हुइल चियर ( कुर्ची) लठी, लागएतका सामाग्रीहरु र अबका दिनमा अपाङ्गहरुको लागि पनि बजेट योजना बनाउने तयारी गरेको बताउनु भएको थियो ।
शुभकामना मन्तव्य राख्दै वडा नं. ५ का वडा अध्यक्ष मन बहादुर रोका वडा नं. १ का वडा अध्यक्ष यम बहादुर श्रिस र ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापा अपाङ्ग भएका व्यक्तिहरु पनि साङ्ग सरह बाच्न पाउनु पर्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश सह सचिव टिकाराम सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रम राष्ट्रिय अपाङ्गता सरोकार संघका अध्यक्ष चिजा थापाको अध्यक्षता बौद्धिक अपाङ्गताको अभिभावक यम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
अहिले सम्म ताराखोला गाउँपालिकामा ७४ जनाले सामाजिक सुरक्षा भक्ता लिने गरेकोमा १२ जनासँग रातो कार्ड रहेको छ ।