बागलुङको ढोरपाटनमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बागलुङ । बागलुङको ढोरपाटनमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बिहिबार ढोरपाटन नगरपालिका वडा नं. २ हेलखर्कबाट घर फर्कने क्रममा ढोरपाटन नगरपालिका वडा नं. १ हलगाडे बस्ने ५८ वर्षिय चन्द्र बहादुर दमाईको ज्यान गएको हो ।

दमाई गोरटो बाटोबाट अन्दाजी ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको डिएसपी यादवले बताउनुभयो ।