images
images

मदन र आश्रितको ३१ औं स्मृति दिवस बागलुङमा मनाईयो

बागलुङ । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औं स्मृति दिवश बागलुङमा पनि मनाईएको छ ।

बिहिबार मनाइएको दिवसको अवसरमा नेताहरुले मदन भण्डारीको सिद्दान्तलाई नेपालका कम्प्युनिष्टहरुले पूर्ण रुपमा पालना गर्न नसकेको गुनासो गरे ।

वक्ताले माक्र्सवादी दर्शनलाई सिर्जनात्मक स्वरुपमा ल्याउन भण्डारीको योगदान महत्वपूर्ण रहेको बताए ।

एमाले बागलुङले आयोजना गरेको नेपालको वर्तमान परिप्रेक्षमा जबजको औचित्य र सान्दर्भिकता बिषयक कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य मनकुमारी केसीले मदन भण्डारी कार्लमाक्र्सकोअर्को रुप भएको बताउनुभयो ।

उहाँले माक्र्सको सिद्दान्तलाई सिर्जनात्मक बनाएर नेपाली माटो सुहाउँदो कार्यक्रम बनाउन सक्ने नेताको रुपमा भण्डारीलाई चित्रण गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले विचारमा अवसरबाद र संगठनमा व्यक्तिवाद हाबी भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सदस्य जगन्नाथ आचार्यले बिपिको समाजवाद र भण्डारीको जबजमा धेरै समानता रहेको बताउनुभयो ।

उहाँले बहुदलीय प्रतिष्पर्धा, आवधिक निर्वाचन, मानवअधिकार, प्रेस स्वतन्त्रता र शक्ती पृथकीकरणको सिद्दान्तजस्ता बिषय दुइ नेताको मिल्ने स्वभाव भएको बताउनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेशका सदस्य तथा उपप्राध्यापक डिल्लीराज गौतमले मदन भण्डारीको जबजको सिद्दान्त र नेपाली राजनीतिक इतिहासबारे प्रस्तुतीकरण गरेका थिए ।

उक्त प्रस्तुतीकरणमा केन्द्रीय सदस्य डा. सूर्य पाठक, माओवादी नेता ज्ञामनाथ गैरे, नेकपा एसका अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका सचिवालय सदस्य थानेश्वर सुवेदी, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य चित्र सापकोटा लगायतले मदन भण्डारीको योगदानबारे चर्चा गर्नुभएको थियो ।

एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता, सचिव गणेश थापाको संचालन र उपसचिव धनबहादुर परियारको स्वागतमा सम्पन्न भएको थियो ।