images
images

कादेशमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

बागलुङ,  काठेखोला गाउँपालिका वडा नं. ८ को कादेशमा लेखानी सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । बुधवार गण्डकी प्रदेशसभाकी सदस्य कुशुम बुढामगरले इकाईको उद्घाटन गरिन् ।

हालको स्वास्थ्य चौकी रहेको लेखानीबाट पैदल १ घण्टा समय लाग्ने भएकोले स्थानीयले सामान्य उपचारमा पनि सास्ती खेपेका थिए । कादेश घर भइ ब्रिटिस सेनाबाट निवृत्त भएर हाल हङकङ बस्दै आएका ले निर्माण गरिदिएको भवनमा इकाइ स्थापना भएको हो ।

भवन उद्घाटन गर्दै बुढामगरले आम नागरिकको स्वास्थ्य रक्षा गर्ने जिम्मेवारी नेपाल सरकारको भएको बताइन् । मौलिक हकको रुपमा स्वास्थ्य, शिक्षा र पूर्वाधारमा लगानी गर्दा ग्रामीण क्षेत्रका बासिन्दा बसाइ सर्नबाट रोकिने उनको धारणा थियो ।

‘राज्यले महिला, जेष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यमा त झनै बढी लगानी र चासो राखेको छ बुढामगरले भनिन्, ‘सानो उपचार गाउँमा पाइयो भने ठूलो दुर्घटनाबाट जोगिन्छ । प्राथमिक उपचार नपाएको कारण कतिपयले ज्यान गुमाएको उनले बताइन् ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले सबै नागरिकलाई स्वास्थ्य सेवामा सहज व्यबस्था गर्न गाउँपालिका सक्रिय रहेको बताए । उनले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क दिने नीति समेत बनाएको जानकारी गराए । उनले इकाई बन्नुमात्र महत्वपूर्ण नभइ सेवाको निरन्तरता र गुणस्तरीयतामा पनि पालिकाले ध्यान दिने बताए ।

गाउँपालिकाले एक जना अहेवको दरबन्दी सहित इकाई संचालनमा ल्याएको हो । यहाँ अत्यावस्यक औषधी, घाउचोटको सामान्य उपचार लगायतको व्यवस्था हुनेछ भने नियमित खोप सेवा, गर्भ परीक्षण तथा अन्य समस्या बारेपनि परामर्शका कार्यक्रम संचालन गरिने स्वास्थ्य चौकी लेखानीका प्रमुख लक्ष्मीप्रसाद निउरेले बताए ।

वडानंं ८ का अध्यक्ष प्रमानन्द कंडेलको अध्यक्षता, वडा सदस्य मोमबहादुर रोका मगरको संचालन र लक्ष्मीप्रसाद निउरेको स्वागतमा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम

वडा सदस्य गोपाल पुन, पूर्व जनप्रतिनिधि काशीराम कंडेल, समाजसेवी मणभद्र कंडेल, नरबहादुर काउचा, कल्पना श्रीष, खिमानन्द कंडेल

सूर्यप्रसाद कंडेल, एकबहादुर काउचा, शेरबहादुर श्रीष, टेकबहादुर थापा, रुद्र प्रधान, दिलबहादुर काउचा, धनमाया श्रीष, कुलबहादुर श्रीष, मदन श्रीष र गमप्रसाद श्रीषले शुभकामना मन्तव्य राखेका थिए ।