images
images

घरपझोङ र जोमसोम बजार जोड्ने पुरानो र ऐतिहासिक काठेपुल संरक्षण तथा सौंदर्यीकरण

बागलुङ । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ४ मा अवस्थित जोमसोम बजार जोड्ने पुरानो र ऐतिहासिक काठेपुल संरक्षण तथा सौंदर्यीकरण गर्न थालिएको छ ।

घरपझोङ गाउँपालिका र जीविकोपार्जन परियोजनाका लागि दिगो पर्यटन (एसटिएलआरपी) को लागत साझेदारीमा काठेपुल मर्मतसुधार तथा स्तरोन्नति थालिएको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ का लागि जीविकोपार्जन लागि दिगो पर्यटन परियोजनाले काठेपुल सौन्र्दयीकरण तथा स्तरोन्नतिका साथै विभिन्न शीर्षकमा घरपझोङ गाउँपालिकासँग लागत साझेदारी गर्दै पर्यटकीय पूर्वाधार तथा पर्यटन प्रवद्र्धनसम्बन्धी सहकार्य गरेको छ ।

परियोजना र पालिकाको लागत साझेदारीमा पर्यटन पूर्वाधार निर्माण शीर्षकमा काठेपुल सौन्र्दयीकरण तथा स्तरोन्नतिसँगै जोमसोम पक्की पुल नजिक दुई कोठे पर्यटक सूचना केन्द्र भवन, पर्यटकीय साइन पोस्ट र फोहोर मैला व्यवस्थापनका लागि डस्टबिन वितरण गर्ने कार्यक्रम छ ।

मुस्ताङ सदरमुकाम जोमसोमको कालिगण्डकी वारिपारि जोड्ने पुरानो काठेपुल स्तरोन्नति तथा सौन्र्दयकरणका लागि ७ लाख लागत निक्र्योल गरी परियोजनासँग सम्झौता भएको सबइन्जिनियर कँडेलको भनाइ थियो ।

परियोजना र गाउँपालिकाबीच पर्यटकीय पूर्वाधार निर्माण गर्न गाउँपालिकाले ५७ दशमलव ५३ प्रतिशत र परियोजनाले ४२ दशमलव २७ प्रतिशत बजेट साझेदारी गर्ने गरी सम्झौता भएको सबइन्जिनियर कँडेलले जानकारी दिनुभयो ।