images
images

ट्राफिक व्यवस्थापन सबैको साझा मुद्धा बन्नुपर्नेमा सरोकारवालाहरुको जोड

बागलुङ । बागलुङ जिल्लाको ट्राफिक व्यवस्थापन सबैको साझा मुद्धा बन्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि आयोजित ट्राफिक सप्ताहको समापन तथा समिक्षा कार्यक्रममा बोल्ने सरोकारवालाहरुले ट्राफिक व्यवस्थापनका लागि सवै जिम्मेवार बन्नुपर्ने र साझा मुद्धा बन्नुपर्नेमा जोड दिएका हुन् ।
ट्राफिक सप्ताहले केहि हदसम्म भएपनि सचेतना जगाउने काम गरेको चर्चा गर्दै कार्यक्रमका सहभागीहरुले अझै पनि ट्राफिक नियम उलंङगन गर्ने परिपाटी रहेकाले यसमा कडाई गर्नुपर्ने बताएका थिए । पार्किङको समस्या, सडकको चोकमा गाडी रोक्ने, क्षमता भन्दा बढि यात्रुराख्ने जस्ता कार्य अझैपनि भएकाले यसको न्युनिकरणका लागि सवैले पलह गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले सवैले आफ्नो आचरणलाई सुधार गर्न सके समस्या समधान त्यहीबाट हुने बताउनुभयो । कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेलले मंतव् व्यक्त गर्नु भएको थियो । सप्ताहको अवसरमा आयोजित कार्यक्रमबाट २१ हजार बढि लाभान्धित भएको ट्राफिक प्रमुख सुमन निउरेले जानकारी दिनुभयो ।
सप्ताहको अन्तिम दिन ट्राफिक प्रहरीको स्वास्थ्य जाँच पनि गरिएको उहाँले बताउनुभयो । कार्यक्रम जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ऋषीराम कँडेलको अध्यक्षता  र ट्राफिक प्रमुख सुमन निउरेको संचालनमा सम्पन्न भएको थियो । यसैबिच ट्राफिक सप्ताहको अन्तिम दिन सोमबार धौलागिरि अस्पताल बागलुङको समन्वयमा ट्राफिक प्रहरीहरुको स्वास्थ्य जाँच गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालय र मातहतमा रहेका ट्राफिक विटमा कार्यरत १७ जना ट्राफिक प्रहरीको स्वास्थ्य जाँच गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमख निउरेले जानकारी दिए ।बढ्दो जनघनत्व र सवारी चापले अव्यवस्थित बनेको बजारमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न अहोरात्र खट्ने ट्राफिकको स्वास्थ्य चुस्त राख्न अस्पतालको समन्वयमा सुगर, पिसाब जाँच र इसिजी गरिएको हो ।