images
images

धुप बत्तीे र फुल बत्ती बनाउने तालिम सम्पन्न

बागलुङ । महिला उद्यमशिलता विकाश सहकारी संस्था लि. बागलुङले तिन दिने धुप बत्तीे र फुल बत्ती बनाउने तालिम सम्पन्न गरेको छ ।

तालिम समापन समारोहमा बोल्दै सहकारीका संस्थापक संरक्षक प्रेम छोटाले हरेक धार्मिक तथा बैदिक कार्यमा प्रयोग हुने धुप बत्ती र फुल बत्तीको महत्व बढ्दै गएकोले यसको उत्पादन बढाउनुपर्ने बताउनुभयो ।

उहाँले स्थानिय साधन र श्रोतको माध्यमबाट उत्पादित पुजा सामग्रीको प्रयोग बाट आयआर्जन बढाउन सकिने हुदा यसलाई ब्यावसायिक रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा संस्थाका संरक्षक चन्द्र कुमारी श्रेष्ठ, तालिमका प्रशिक्षक पुष्पकिरण श्रेष्ठ सैजु र तालिमका सहभागी लक्ष्मी सापकोटा लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम महिला उद्यमशिलता बिकाश सहकारी संस्थाका अध्यक्ष अर्चना पालिखेको अध्यक्षता, सहसचिव सम्झना श्रेष्ठ राजभण्डारीको स्वागत मन्तव्य र सचिव सृजना पन्तको संचालनमा सम्पन्न भएको थियो ।