images
images

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले भिमा दरबार आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री, जुत्ता र मोजा सहयोग

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले भिमा दरबार आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री, जुत्ता र मोजा सहयोग गरेको छ ।

काठेखोला गाउँपालिका २ भिमादरबारस्थित विद्यालयका ७० जना विद्यार्थीलाई ६० हजार बराबरको कापी,कलम, ज्यामिति बक्स, जुत्ता र मोजा उपलब्ध गराउनु भएको हो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठ, विद्यालयका संरक्षक तथा समाजसेवी होमबहादुर हमाल, ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालक समितिका सदस्य कृष्ण शंकर श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्य, वडा अध्यक्ष खड्का थापाले मन्तव्य व्यक्त गरेका छन् ।

साथै विद्यालयका संरक्षक तथा समाजसेवी होमबहादुर हमालले ६८ हजार रुपैयाँको ७० जना विद्यार्थीलाई पोशाक सहयोग गर्नु भएको छ भने नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले विद्यालयलाई २५ हजार रुपैयाँको फिल्टर, जार र विद्यार्थी खेल्ने सामान उपलब्ध गराएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रुद्र प्रसाद पौडेलको अध्यक्षता र सञ्चालन प्रधानाध्यापक राजेन्द्रबहादुर थापाले गर्नु भएको थियो ।