“सीप सिकौं आत्मनिर्भर उद्यमशिल नारी बनौ” भन्ने नारा सहित आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल बागलुङद्वारा ५० जना भन्दा बढी विभिन्न बिधामा रहेका आफ्ना बिद्यार्थी हरुलाई प्रमाणपत्र वितरण तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
बागलुङ सदरमुकाममा एक कार्यक्रम संचालन गरि ५० जना बागलुङ का सक्रिय महिलाहरुलाइ १ हप्ते,१ महिने र ६ महिना गरि विभिन्न बिधामा बेसिक,डिप्लोमा कोर्स ट्रेनिङ गरेका महिलाहरुलाइ प्रमाणपत्र तथा बिदाइ गरेको आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल का संचालक एंव प्रशिक्षक चन्द्र छन्त्याल लामाले बताउनुभयो ।
कार्यक्रममा शुभकामना नेकपा एमालेका पोलिट ब्युरो सदस्य मना कुमारी के।सि ले संस्था ले निकै राम्रो गरेको र महिला लाई देश मै रोजगार हुने बाताबरण सृजना गरेको हुदा आफुले सक्ने सहयोग गर्ने धारण राख्नुभएको थियो बागलुङ नगरपालिका(२ का वडा अध्यक्ष सुरज बोसेलले आफ्नो वार्ड भित्र हुने राम्रो कार्यक्रम लाई आफुले वडा बाट हुने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
पर्यटन तथा उद्योग कार्यलय बागलुङ का प्रमुख पारसिङ थापा,सीप बिकास तालिम केन्द्र कुश्माका केन्द्र प्रमुख मोहन चन्द्र सुवेदी उद्योग वाणिज्य संघ बागलुङ का अध्यक्ष नरेश कंडेल, र आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल बागलुङका सह प्रशिक्षक निरु रुचाल लगायतका बक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम शुक्र बहादुर लामा सुरेन्द्रको अध्यक्षता आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल बागलुङका सह प्रशिक्षक नबिना छन्त्यालको स्वागत र पत्रकार दिलिप प्रतेलको संचालनमा सम्पन्न भएको थियो ।