images
images

हाईड्रोजन ग्याँसबाट खाना पकाउने कार्यको सफल परीक्षण

जिल्लाको बडिगाड गाउँपालिकामा हाईड्रोजन ग्याँसबाट खाना पकाउने कार्यको सफल परीक्षण गरिएको छ ।

बडिगाड गाउँपालिका—२ तल्लो गिरङ्दी जलविद्युत परियोजनाबाट खेरा गैरहेको विद्युतलाई उपयोग गरी हाईड्रोजन ग्याँस उत्पादन गर्ने र त्यसलाई खाना पकाउन उपयोग गर्नेगरी भएको नमुना परीक्षण सफल भएको हो ।

एस एए एलयु युके, लुसरन युनिभर्सिटी स्वीटजरल्याण्ड, जेट ईन्जीनियरीङ युके, उर्जा र वाताबरणका लागि महिला सञ्जाल नेपाल, नेपाल इनर्जी फाण्डेसन, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, बडिगाड गाउँपालिका, तल्लो गिरङ्दी जलविद्युत परियोजनाको सहकारी संस्थाको साझा प्रयासमा सफल परीक्षण गरिएको नेपाल इनर्जी फाण्डेसनका व्यवस्थापक एवं सचिव दिल्ली आचार्यले बताउनुभयो ।

तीन दिनसम्म गाउँ गाउँमा नमुना परीक्षण कार्य गर्ने बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । ‘गाउँ गाउँमा सचेतना जगाउने र हाईड्रोजन ग्याँसबाट पनि खाना पकाउन सकिन्छ भनेर सफल परीक्षण गरेर देखाउने काम भएको थापाको भनाई छ ।
गाउँपालिकाले गिरङ्दीखोलामा कुलो, बाटो लगायत बाटोको संरचना व्यवस्थापन गर्ने कार्यमा लगानी गर्ने उहाँको भनाई छ । एलपीजी ग्याँसमा भन्दा हाईड्रोजन ग्याँसमा खाना छिटो पाकेको बडिगाड गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मुक्ति पौडेलको अनुभव छ ।