बागलुङ नगरपालिका १४ नम्बर वडा नारायणस्थान स्वास्थ्य चौकीले अनलाइन डिजिटल खोप काई प्रयोग

बागलुङ नगरपालिका १४ नम्बर वडा नारायणस्थान स्वास्थ्य चौकीले अनलाइन डिजिटल खोप काई प्रयोगमा ल्याएको छ ।

वडामा रहेका सबै १५ महिनादेखि ५९ महिनाका १ सय ८० जना बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित भएकाले वडालाई पूर्ण खोप सुनिश्चित भएको वडा घोषणा गर्ने कार्यक्रमको सन्दर्भमा पारेर डिजिटल खोप कार्डको शुभारम्भ गरिएको हो ।

सरकारले जारी गरेको खोप कार्डकै डिजाइनमा संस्थाले तयार गरेको परिवार स्वास्थ्य प्रोफाइलको सफ्ट्वेरबाट अटो जनरेट हुने गरि उक्त खोप कार्ड प्रयोगमा ल्याइएको संस्थाका प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा जाने प्रचलनमा पुराना खोप कार्ड खोज्दै आउने समस्या बढेपछि विकल्पका रूपमा हराउने, च्यातिने लगाएतका समस्यालाई सम्बोधन गर्नका लागी अनलाइनमा राख्ने व्यवस्था गरिएको शर्माले बताउनुभयो ।

बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले वडा र स्वास्थ्य चौकीले तयार पारेको अनलाइन वडा प्रोफाइल सफ्टवेयर स्थानीय तहको तथ्याङ्क व्यवस्थापन गर्न उत्कृष्ट भएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख बाबुराम आचार्यले यो प्रणालीलाई सरकारले थप विकास गर्दै सबै ठाँउमा लागु गरे टार्गेट कुरेर बस्न नपर्ने र बास्तविक तथ्यमा टेकेर समुदाय स्तरका काम गर्न सकिने बताउनुभयो ।