images
images

बागलुङको ढोरपाटनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

बागलुङको ढोरपाटनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार साँझ परेको चट्याङले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भिर घाइते हुनुर्भएको र उपचारको लागी अस्पताल लैजाने क्रममा राती ९ : ३० बजेको समयमा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बिजय यादवले बताउनुभयो ।

घरमा परेको चट्याङ लागि गम्भिर घाइते भएका पुनको उद्दार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।