
बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ट्राफिक जनचेतना लगायत समसामयिक बिषयमा ट्राफिक सप्ताह कार्यक्रम गर्ने भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको समन्वय तथा आयोजनामा बैशाख २५ गतेदेखि ३१ गतेसम्म बागलुङका विभिन्न स्थानमा ट्राफिक सप्ताह कार्यक्रम संचालन गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सुमन न्यूरेले बताउनुभयो ।
ट्राफिक सप्ताहको पहिलो दिन तथा बैशाख २५ गते ट्राफिक सचेतना मुलक प्लेकार्ड सहित बागलुङका विभिन्न स्थान सदरमुकाम बागलुङ बजार, गलकोटको हटिया र ढोरपाटनको बुर्तिबाङमा र्याली निकाली, बालकलाई हेलमेट लगाईदिएर सप्ताहको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै दोर्सो दिन तथा बैशाख २६ गते चोकचोकमा ट्राफिक प्रहरी संगै स्वयंसेवक परिचालन गर्ने जनचेतनामूलक पर्चा पम्प्लेट वितरण पैदल यात्रुलाई बाटो काट्न सिकाउने खाल्डाखुल्डी पुर्ने र तेस्रो दिन तथा बैशाख २७ गते ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने स्टिकर टाँस्ने, मास्क वितरण गर्ने, हुटमा बसेर यात्रा गर्ने यात्रु प्रशिक्षण दिने ट्राफिक प्रमुख प्र।ना।नि न्यूरेले बताउनुभयो ।
ट्राफिक सप्ताहको चौथो दिन तथा बैशाख २८ गते चालक परिचालकलाई प्रशिक्षण गरि सडकमै सवारी चालकलाई परिचालकलाइ पोशाक प्रयोग जुत्ता लगाएको नलगाएको ओभरटेक सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।
यस्तै ट्राफिक सप्ताहको पाँचौं दिन तथा बैशाख २९ गते ट्राफिक सप्ताहको ब्यानर सहित सर्वसाधारण बढी आवातजावत हुने स्थानमा सडक प्रयोग कर्ता र बिद्यालयमा बिद्यार्थी लाई प्रशिक्षण त्यस्तै छैठौं दिन तथा बैशाख ३० गते स्वास्थ्य संस्था संग समन्वय गरि चालक सहचालकलाई स्वास्थ्य जाँच, ब्लड प्रेशर, आँखा जाँच गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने र सप्ताहको अन्तिम दिन तथा बैशाख ३१ गते पत्रकारहरू संग ७ दिने कार्यक्रमको समिक्षा गर्ने दुर्घटना बाट ज्यान गुमाएका ब्यक्तिहरूको स्मरणमा बागलुङको मुख्य चोकमा दीप प्रज्वलन गरि ट्राफिक सप्ताह सम्पन्न गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रहरी प्रमुख प्र।ना।नि न्यूरेले जानकारी दिनुभयो ।
बागलुङ जिल्लामा ट्राफिक प्रहरीको सक्रियता बढेसंगै सामुदायिक बिद्यालय ,निजी बिद्यालयमा ट्राफिक सचेतना मुलक अन्तर्किया ठूलो सवारीसाधन चलाउने चालक सह चालक मोटरसाइकल चलाउने चालकलाई परिक्षण सडकमा यात्रा गर्ने यात्रुलाई प्रशिक्षण दिइएपछि जिल्लामा सवारी दुर्घटनामा कमि आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बागलुङ जिल्लामा रहेको सामाजिक संघसंस्था, विभिन्न धार्मिक संघसंस्था, आमा समूह लगायतका संस्थासंग सहकार्य गरेर सप्ताहब्यापी कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न गर्ने योजना रहेको छ ।