images
images

बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण बढ्दै

पछिल्लो समय बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । कम मेहेनतमा राम्रो उत्पादन गर्न सकिने हुँदा कृषकहरु सुन्तला खेतीप्रति आकर्षित भएका हुन् ।

बागलुङमा सुन्तला उत्पादन राम्रो हुने र बजार पनि सहज रुपमा पाउने हुँदा खेती बिस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले बताउनुभयो । जिल्लामा काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बबढी सुन्तला उत्पादन हुने उहाँको भनाइ छ ।

भौगोलिक बनावट र हावापानी अनुसार १० वटै पालिकामा धेरै थोरै सुन्तला उत्पादन हुने गरेको पुनले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष ४५ मेट्रिक टन उत्पादन कम भएको छ । पुनका अनुसार अघिल्लो वर्ष जिल्लामा तीनहजार ९८५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष तीन हजार ९ सय ४० मेट्रिक टन मात्रै उत्पादन भएको छ ।

पोहोर साल २० करोड बढीको सुन्तला विक्री भएकोमा यस वर्ष १८ करोडको मात्रै उत्पादन भएको उहाँको भनाइ छ ।