छविराज सुनारको लाम लाम पिरती भिडियो सहित सार्वजनिक

अमेरिकामा कर्मथलो बनाएर बसेका नेपालि गित संगित लाई असाध्यै माया गर्ने परदेशी गायक छविराज सुनारको नयाँ गीत लाम लाम पिरती सार्वजनिक भएको छ ।

सुनारको शब्द तथा नन्दु परियारको लय संकलनमा रहेको यस गित मा छविराज सुनार र गायिका शान्ति श्री परियारको आवाजमा भिडियो सहित सार्वजनिक भएको छ ।

भिडियोमा चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ । करिष्मा मानन्धर, दिलिप रायमाझी, प्रकाश सपुत र प्रिज्मा खतिवडाको मुख्य भूमिका रहेको छ सुनिल विकको निर्देशनमा निर्माण भएको भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी । अर्जुन तिवारीको छायांकन र प्रविण भट्टको सम्पादन रहेको यस भिडियोलाई गलबन्दी प्रोडक्सनले बजारमा ल्याएको हो ।