images
images

म्याग्दी नदीमा र्याफ्टिङ सञ्चालन

म्याग्दी नदीमा साहसिक जलयात्रा र्याफ्टिङ सञ्चालन गरिएको छ। जिल्लाको बेनी नगरपालिका–७ स्थित म्याग्दी र कालीगण्डकी नदीको सङ्गमस्थल हुँदै मालढुङ्गासम्म छोटो प्याकेजको जलयात्रा सुरु गरिएको हो।

र्याफ्टिङ रनर नामक कम्पनीका सुवास रानामगरले म्याग्दी नदीबाट नियमित जलयात्रा गर्न सकिने बताउनुभयो । गाइड रानामगरले भन्नुभयो, “नदी आसपासमा निर्माणाधीन अवस्थामा रहेको संरचनाले जलयात्रालाई असहज बनाएको छ ।” म्याग्दी नदीबाट कम्पनीले नियमित जलयात्राको तयारीसमेत गरेको बताउनुभयो ।

बेनी नगरपालिका–६ र ७ वडाभित्रका केही ठाउँमा समस्या भए पनि पहिलो पटक जलयत्रामा निस्किएका पर्यटकले आनन्द महसुस गर्ने बताउनुभयो।

यस अगाडि बेनीको कालीपुलस्थित गण्डकी होटलले समेत स्पलास नेपाल एडभेन्चरसँगको सहकार्यमा जलयात्रा सञ्चालन गर्दै आइरहेको छ।