बागलुङ नगरपालिकाको रोजगार सेवा केन्दको आयोजनामा शुक्रबार आन्तरिक रोजगारी सृजना तथा प्रवद्र्धन संम्बन्धी नीजि क्षेत्र र सरोकारवालबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले रोजगारी सृजना गर्नको लागि पुँजीको विकास र श्रम बजारलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भयो ।
हरेक देशमा धनी र गरिबको ठुलो खाडललाई चिर्नको लागि उद्योग, व्यापार र सेवा क्षेत्रलाई विस्तार गर्नु पर्ने र नयाँ रोजगारी सृजना गर्नको लागि श्रमको सम्मान र ग्राहकलाई राम्रो व्यवहार गरेर खुशी बनाउनु पर्ने बताउनु भयो । व्यापार मैत्री वातावरण गराउनको लागि र नीजि क्षेत्रलाई विश्वासमा लिन बागलुृङ नगरपालिकाले सुरक्षा र अन्य सामाजिक सेवा पनि दिएको उहाँको भनाई थियो ।
बागलुङ नगर प्रंमुख रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन सीप संम्बन्धी तालिम, सस्तो कर्जा, वित्तीय ज्ञान र अनुदानको व्यवस्था गरी रहेको र थप सहयोग गर्न नगर तयार भएको श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा बागलुृृङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल, बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य, होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन चोखाल, महत निर्माण सेवाका सञ्चालक रुद्र महत, नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङका पूर्वअध्यक्ष भवन राज बराल, मनसुन दालमोठका सञ्चालक याम प्रसाद कँडेल, व्यवसायी शिवकला थापा र बागलुङ होटल व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा अधिकृत पंकज लाभ कर्णले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा ६० जना उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बागलुङ नगरपालिकाका रोजगार सेवा केन्द्रका रोजगार संयोजक सरोज रिजालले गर्नु भएको थियो ।