संस्थागत बिकासमा योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखा लाई सम्मान गरिएको छ । काठमाडौमा शुरु भएको महासंघको २७ औ महाधिवेशनमा म्याग्दी शाखालाई संस्थागत विकास, नेपाली पत्रकारिता क्षेत्र तथा श्रमजीवी पत्रकारहरुको हित प्रर्वद्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।
काठमाण्डौमा भएको २७ औ महाधिवेशनका सन्दर्भमा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले म्याग्दी शाखा अध्यक्ष प्रकाश पौडेललाई प्रशंसा पत्र र दोशल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
यसअघि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो ।
पत्रकार महासंघ म्याग्दीले संस्थागत विकास, शुद्धिकरण अभियान र पेशागत हकहितका लागि गरेका कार्यको प्रशंसा गरिएको थियो ।
२०६३ सालमा स्थापाना भएको शाखा निवर्तमान अध्यक्ष तारानाथ शर्माको कार्यकालमा बेनी नगरपालिकासँग समन्वय गरी भाडामा जग्गा ब्यवस्थापन गरेको थियो भने अध्यक्ष पौडेलको नेतृत्वमा भवन मर्मत गरेर आफ्नै भवनबाट कार्यालय संचालन गरिरहेको छ ।
शाखाको संस्थागत बिकासमा योगदान रहेको भन्दै अध्यक्ष प्रकाश पौडेलले शाखाका पदाधीकारी सदस्य लगायत भवन निर्माणका लागि सहयोग गर्दै सबै प्रति धन्यबाद व्यक्त गर्नुभयो ।