
उच्च अदालतको पोखरा बागलुङ इजलासमा आर्थिक वर्ष २०८०/८१ को बैशाख २० गतेसम्ममा ३ सय ९० मुद्दा फर्छयौट भएका छन् । उच्चमा ४३८ मुद्दा परेका थिए ।
अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ६१ र चालु आर्थिक वर्षमा परेका २ सय ७७ गरी ४ सय ३८ मुद्दामध्ये ३ सय ९० फछ्र्याेट भएको उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधिस मदन पोखरेलले जानकारी दिए । अदालतको लक्ष्य र फछ्र्याेटको प्रगति हेर्दा ८९.०४ प्रतिशत मुद्दा फछ्र्याेट भएको पोखरेलले बताउनुभयो ।
अदालतमा सरकारवादी फौजदारीतर्फ अघिल्लो वर्षका ९० र चालु वर्षका १ सय १८५ गरी २ सय ७५, दुनियावादी देवानीतर्फ अघिल्लो वर्षका ४४ र चालु वर्षका ३९ गरी ८३ र फौजदारीतर्फ अघिल्लो वर्षका १६ र चालु वर्षका २४ गरी ४० मुद्दा दर्ता भएका थिए । सरकारवादी फौजदारी तर्फका २५, दुनियावादी देवानी तर्फका १० र फौजदारीतर्फका ३ मुद्दा फछ्र्याेट हुन बाँकी छन् ।
गतवर्षको जिम्मेवारी सरेर निषेधाज्ञातर्फ २ र चालु वर्षका ८ गरी १०, परमादेशतर्फ १५ र उत्प्रेषणतर्फ ११ मुद्दा अदालत आएका थिए । तीमध्ये निषेधाज्ञाका ८, परमादेशका १२ र उत्प्रेषणका ८ मुद्दा फछ्र्याेट भएका छन् ।