
बागलुङ नगरपालिका अन्तरगतको तित्याङहुँदै भकुण्डे पुग्ने सडक ट्रयाक खुलेको २० वर्षपछि कालोपत्र हुने भएको छ । बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा रहेको तित्याङ र भकुण्डे सडक ट्र¥याक खुलेको २० वर्षपछि कालोपत्र हुने भएको हो ।
भिरालो भौगोलिक अवस्थाका कारण साँघुरो र उकालो सडकका कारण यात्रुलाई तित्याङ र भकुण्डे पुग्न निकै असहज भइरहेको र अब भने तित्याङ हुँदै भकुण्डे पुग्ने सडक कालोपत्र हुने भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाभित्रका सडक कालोपत्रमा जोडिने क्रमले निरन्तरता पाइरहेको अवस्थामा बागलुङ बजारको अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै भकुण्डे पुग्ने सडक स्तरोन्नतिसँगै कालोपत्रका लागि निर्माण व्यवसाय फिल्डमा आएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
विसं २०६० मा जनताले चन्दा उठाएर खोलिएको सडक कालोपत्रका लागि निर्माण व्यवसायी छनोट भएर काममा आएपछि स्थानीय पक्की सडकमा गुड्न पाउने भन्दै आशावादी भएका छन् । विस २०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्ने गरी विडारी निर्माण सेवासँग सम्झौता भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।
१५ किलोमिटर सडक निर्माणका लागि ३१ करोड ९६ लाख ३५ हजारमा उक्त सडक कालोपत्र गर्न निर्माण व्यवसायी काममा आइसकेको श्रेष्ठको भनाइ थियो । श्रेष्ठले १४ किलोमिटर सडक कालोपत्र भएपछि पर्यटकीय गाउँ भकुण्डे पुग्ने पर्यटकलाई सहज हुने बताउनुभयो ।
आदलत चौपारी–गांैडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा पुग्ने उक्त सडक सम्झौता अवधि भन्दा अगावै कालोपत्र सक्ने योजनामा रहेको सडक कालोपत्रको गर्ने कामको जिम्मा पाएको विडारी निर्माण सेवाका सञ्चालक धु्रव विडारीले बताउनुभयो ।