प्रगतिशिल पत्रकार संघ नेपाल बागलुङको चौथो साधारण सभा तथा अधिवेशन बुधबार सम्पन्न भएको छ ।
१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मजदुर दिवसको अवसरमा बागलुङ बजारमा प्रगतिशिल पत्रकार संघ नेपाल केन्द्रिय अध्यक्ष श्याम पोख्रेलको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमले १ पद रिक्त सहित ११ सदस्यीय प्रगतिशिल पत्रकार संघ नेपाल बागलुङको जिल्ला कार्य समिति चयन गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला सचीव बिजय रानाको अध्यक्षता ११ सदस्यीय जिल्ला कार्य समितिमा उपाध्यक्ष ज्योती थापा, सचीव टिका संगम बि.क., सह–सचीव अस्मिता पुन, कोषध्यक्ष नबिन प्रताप जिसी, सदस्यहरु पवित्रा बुढा, छलिता बुढा, मित्र थापा, दिपेन्द्र परियार, केशवराज क्षेत्री र १ स्थान रिक्त गरि पदाधिकारी चयन भएका छन् । त्यस्तै सल्लाहकारमा टेक बहादुर क्षेत्री (संगम), राम नारायण सुवेदी, किरण आचार्य र १ स्थान रिक्त गरि ४ जना चयन गरिएको छ ।
कार्यक्रममा बागलुङ जिल्ला समन्वय प्रमुख तथा राजमो जिल्ला सल्लाहकार अमर बआदुर थापा, काठेखोला गाउँपालिका उपाध्यक्ष तथा राजमो बागलुङ जिल्ला अध्यक्ष तिलक थापा, अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष लक्ष्मी बाँस्कोटा, राजमो केन्द्रिय सदस्य वेदीलाल सापकोटा, बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वन, प्रगतिशिल पत्रकार संघ नेपाल बागलुङका सल्लाहकार टेक बहादुर क्षेत्री (संगम) लगायतले शुभकामना मन्तव्य राखेका थिए
कार्यक्रम प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य तथा प्रगतिशिल पत्रकार संघ नेपाल बागलुङका कार्यवाहक अध्यक्ष प्रकाश छन्त्यालको अध्यक्षता, प्रगतिशिल पत्रकार संघ नेपाल बरेङका शाखा अध्यक्ष केशवराज क्षेत्रीको स्वागत र प्रगतिशिल पत्रकार संघ नेपाल बागलुङका सचीव बिजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।