बागलुङ नगरपालिका, १२ अमलाचौरको डाँडाखेतमा दुई घर र दुई गोठ पूर्ण रुपमा जलेर नष्ट

बागलुङको बलेवामा आगलागी बाट चार घरगोठ जलेका छन् । जंगलबाट लागेको आगो बस्तिमा पसेपछि बागलुङ नगरपालिका, १२ अमलाचौरको डाँडाखेतमा दुई घर र दुई गोठ पूर्ण रुपमा जलेर नष्ट भएका छन् । जैमिनी नगरपालिका, १ कुश्मीशेराको टुनिवोट जंगलबाट सुरु भएको आगो डाँडाखेत बस्तिमा पुगेको थियो ।

आगलागिले स्थानीय ददिराम पौडेल र यदुनाथ पौडेलको घर गोठ दुवै जलेको छ । ददिरामको गोठमा बाँधी राखेका दुई गाई, दुई बाख्रा जलेर मरेका छन् । आगो निभाउने क्रममा पौडेल बेहोस हुनुभएको छ । उहाँको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिनुभयो ।

सोही ठाउँका यदुनाथ पौडेलको घर गोठ जल्दा गोठमा बाँधीराखेका दुई भैसी, तीन गाई र पाँचवटा बाख्रा मरेको यादवले बताउनुभयो ।आगो नियन्त्रणका लागि स्थानीय र प्रहरीले प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।