images
images

गलकोटको रमुवामा विभिन्न कार्यक्रम संगै मह महोत्सव

जगिन्द्र वि क,

गलकोट नगरपालिका वडा नं– १० रमुवामा विभिन्न कार्यक्रमसगैँ मह महोत्सव मनाउन थालिएको छ ।

सरस्वती युवा क्लब रमुवाको ३६ औं बार्षिकोत्सब तथा मह महोत्सवको अवसरमा बैशाख २१ देखि २५ गते सम्म विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको सरस्वती युवा क्लबका खेल संयोजक कुमार पुनले जानकारी दिनु भयो ।

बार्षिकोत्सब तथा मह मेलाको अवसरमा स्व,मन बहादुर पुन स्मृती वडा स्तरिय पुरुष भलिबल, वडा स्तरिय महिला भलिबल, ३३ वर्ष माथिका वडा स्तरिय प्रौढ भलिबल प्रतियोगिता, प्रति टिम ५ जनाको लठो तान प्रतियोगिता संचालन गरिने खेल संयोजक भविन घर्ती मगरले जानकारी दिनु भएको छ

प्रतियोगितात्मक कार्यक्रमहरु मध्ये स्व,मन बहादुर पुन स्मृती भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद रु ८० हजार, मेडल र प्रमाण, द्धितीय हुनेले ५० हजार, मेडल र प्रमाण पत्र र सेमि फाइनलमा पराजित हुने टिमले १० हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

त्यसै गरी वडा स्तरिय महिला भलिबल प्रतियोगितामा प्रथम स्थान हासील गर्ने टिमले नगद रु। ५० हजार, मेडल र प्रमाण पत्र, द्धितीय हुनेले रु। ३० हजार, मेडल र प्रमाण पत्र, र सेमिफाइनलिष्टले रु। ५ हजार, मेडल र प्रमाण पत्र, प्राप्त गर्ने छन् ।

वडा स्तरिय प्रौढ भलिबल प्रतियोगितामा प्रथम हुनेले रु, ५० हजार, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले रु।३० हजार, मेडल र प्रमाण पत्र, र महिला लठो तान प्रतियोगितामा प्रथम हुनेले रु,५ हजार, द्धितिय रु।३ हजार र तृतिय हुनेले रु।१ हजार रुपिँया राशि रहेको छ ।

खेलको साथमा २४ गते नौगोसको ठुलो भिरमा रहेको २० घार माहुरीको सिकार गर्ने बताउनु भएको छ । सिकार गरेको माहुरीको मह भने २५ गते प्रति लिटर रु,१५ सय बराबरको रकममा विक्री गर्ने, खेल संमयोजक कुमार पुुनले जानकारी दिनुभएको छ ।