images
images

बागलुङको गलकोट नगरपालिका मल्ममा मुख्यमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम प्रभावकारी बन्दै

बागलुङको गलकोट नगरपालिका ७ मल्ममा मुख्यमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम प्रभावकारी बन्दै गएकोे छ । गण्डकी प्रदेश सरकार र कृषि ज्ञान केन्द्रले किसानलाई व्यवसायिक बनाउन लगानी गर्ने उद्देश्य सहित शुरु गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

प्राविधिक सहयोग केन्द्रले र समुदायमा कृषि उत्पादन बढाउन १९ लाख २० हजार रुपैयाँ केन्द्रले व्यहोर्ने गरी गतबर्षदेखिनै कार्यक्रम लागू गरेको वडा अध्यक्ष राजबहादुर थापाले जानकारी दिनुभयो ।  सानो पूँजिको कार्यक्रमले किसान व्यवसायिक बन्न नसकेपछि ठूलो रकमबाट एकैपटक ४० देखि ५० जना किसान सहभागि बनाउन यो कार्यक्रम ल्याइएको उहाँको भनाई थियो ।

गलकोट ७ को सिरबारे, आरनटोल र सुन्तलाबारीमा कार्यक्रम संचालन भएको अध्यक्ष थापाले बताउनुभयो । कार्यक्रम संचालनका लागि किसानलाई बाख्रा, भैसीपालन, तरकारी खेती तथा फलफूल खेतीमा केन्द्रले अनुदान दिने भएको छ ।

अनुदानको सदुपयोग गरेर किसानले उत्पादनमा जोड दिएमा आगामी बर्ष अनुदान बढाएर लैजान सक्ने गरी कार्यक्रम संचालन भैरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो । कृषि उपज संकलन केन्द्र बनाएर बजारीकणमा नगरले स्थापना गरेको संकलन केन्द्रले पनि सहयोग पुगेको जनाइएको छ । बढी कमाइ गर्न सक्ने गरी किसानलाई उन्नत जातका बाख्रा, पाडापाडी र बंगुरका छाउरा दिने योजना कार्यक्रममा समावेश गरिएको छ ।