images
images

मुक्तिनाथमा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि

मुस्ताङको मुक्तिनाथ मन्दिरमा दक्षिण भारतीय पर्यटकको संख्या उच्च छ । मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीका अनुसार पछिल्लो समय ७० प्रतिशत हाराहारीमा पर्यटक आउने गरेकोमा अधिकांश दक्षिण भारतका छन् ।

भारतको तमिलनाडु क्षेत्रका पर्यटकको संख्या बढी हुने गरेको उहाँको भनाइ छ । मुक्तिनाथ दर्शनका लागि आउने नेपालीको संख्या उल्लेख्य भएपनि नेपालीभन्दा ७० प्रतिशत भारतीयहरु दर्शनका लागि आउने गरेका छन् ।
भारतको हैदरावाददेखि मुक्तिनाथ दर्शन गर्न आउनुभएका राजेन्द्र कुमारले भारतको बद्रीनाथ तथा केदारनाथ भ्रमणपछि नेपालको पशुपति हुँदै मुक्तिनाथ आउँदा निकै राम्रो लागेको बताउनुभयो ।

 

बेनी–जोमसोम–मुक्तिनाथ सडक राम्रो भएमा अझै धेरै भारतिय पर्यटक मुक्तिनाथ दर्शनमा आउने उहाँको भनाई थियो ।मुक्तिनाथ मन्दिरका मूल पुजारी कृष्णप्रसाद सुवेदीले शनिबार २ हजारभन्दा बढी भक्तजनले दर्शन गरेको र आइतबार ३ हजारभन्दा धेरै भक्तजन आइपुगेको जानकारी दिनुभयो । फागुनपछि भक्तजनको संख्या बढ्दै गएको सुवेदीले बताउनुभयो ।