images
images

हिमानी अर्गेजा मगर उपचारको सहयोगका लागि अपिल

बागलुङको तमानखोला गाउँपालिका—१ का केशबहादुर अर्गेजा मगरले छोरीको जीवन रक्षाका लागि सहयोगको अपिल गर्नु भएको छ । आफ्नो ५ महिनाकी छोरी हिमानी अर्गेजामगरको कलेजोमा समस्या देखिएको र उपचारका लागि ठूलो रकम लाग्ने भएकाले सहयोगका लागि अपिल गर्नुपरेको उहाँले बताउनु भयो ।

हिमानीको अहिले कान्ति बाल अस्पताल काठमाडौंमा आईसियुमा राखेर उपचार भैरहेको छ । त्यहाँका डाक्टरका अनुसार हिमानीको उपचारका लागि कलेजो प्रत्यारोपण मात्रै विकल्प भएकाले आर्थिक अभावमा सहयोगको याचना गर्नु परेको उहाँले बताउनु भयो ।

अर्गेजामगरले छोरीलाई भारतको एपोलो अस्पतालमा लगेर कलोजो प्रत्यारोपण गर्नुपर्ने भनेर डाक्टर भनेको र त्यसका लागि ४५ लाख बढि खर्च लाग्ने भएकाले सहयोगको अपिल गरेको बताउनु भयो ।