images
images

सुख्खा याम शुरु भएसंगै बागलुङका ३८ वटा वनमा आगलागी

सुख्खा याम शुरु भएसंगै बागलुङका ३८ वटा वनमा आगलागी भएको छ । आगलागी भएका मध्य १५ वनमा लागेको आगो अझै नियन्त्रण बाहिर रहेको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ ।बागलुङमा पहिलो पटक फागुन ९ गते बरेङ गाउँपालिका २ को सल्लेरी सामुदायिक वनमा भीषण आगलागी भएको थियो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा बल्लतल्ल नियन्त्रणमा आएको थियो ।

सल्लेरी सामुदायिक वनमा आगलागी हुनुभन्दा अघि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन । त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि उक्त आगो नियन्त्रणमा आयो । त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ । दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जंगल रित्तिएका छन् ।

यस्तै काठेखोला गाँउपालिकाको ठुलो बन क्षेत्र तथा केही घर गोठमा आगलागि हुदा ठुलो नोक्सान पुर्याएको वडा नम्वर ६ का अध्यक्ष बृहस्पती शर्मा कँडेलले बताउनुभयो ।आगलागीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन । करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा लागेको आगो अहिले पनि नियन्त्रण बाहिर छ । आगो नियन्त्रणका लागि कर्मचारीसहित स्थानीय खटिएको उनको भनाइ छ । उनका अनुसार हालसम्म १ हजार दुई सय हेक्टरभन्दा बढी जंगलमा आगलागी भएको छ ।

४ दिनदेखि निसीखोला गाउँपालिका–२ मा लागेको आगो अहिले नियन्त्रणमा लिन सकिएको छैन । उपल्लोबेंग्रीदेखि सुरु भएको आगो वडा नं ४ को माझापाख हुँदै बडाचौरको बराह सामुदायिक वनमा फैलिएको छ । हावाहुरीका कारण आगो अझै नियन्त्रणमा ल्याउन नसकेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी