images
images

बागलुङ देउरालीचोक आमा समूहको आमाहरूलाई नौमती बाजा तालिम

बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन्। यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन् । हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहकी अध्यक्ष सरिता थापामगरले बताउनुभयो

विवाह, व्रतबन्धलागयत अन्य सामाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि परम्परा संरक्षणका निम्ति आमाहरूलाई नै तालिम लिन प्रेरित गरिएको उहाँको भनाइ छ । चैत महिनाभर सिकेको बाजा बजाउने सीप वैशाखदेखि उपयोग हुने उहाँले बताउनुभयो ।

कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै आमा समूहका सदस्यले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताएका छन् । बागलुङ नगरपालिकाको पहिचान झल्काउने बाजा समूह निर्माण गर्न नगरपालिकाले सहयोग गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।