images
images

सिस्नेरी पुलदेखि दर्लिङ जाने मोटर बाटो स्तरोन्नति गरिदै

बागलुङको बडिगाड गाउँपालिका वडा न. ९ सिस्नेरीदेखि दर्लिङ जाने मोटरबाटो स्तरोन्नतिको कामले तिब्रता पाएको छ ।  बाटो स्तरोन्नतिको करिब ६० प्रतिशत काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ

प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयबाट बिनियोजित ३० लाख रुपैयाँले सिस्नेरीदेखि दर्लिङ जाने २७ किलो मिटर मोटर बाटो स्तरोन्नति गरिएको हो । मोटर बाटो ५–७ मिटर चौडाइको बनाइने छ ।

बाटो स्तरोन्नति अन्तरगत सिस्नेरी पुलदेखि दर्लिङ जाने सडकमा ग्याबिन जाली राख्ने, बाटो चक्लाउने, प्रखाल लगाउने काम गरिएको छ ।

हिउँद बर्खानै सवारी साधन सञ्चालन गर्ने उद्धेश्यले सडक स्तरोन्नति गरिएको गण्डकी प्रदेश सांसद कुशुम बुढा मगरले बताइन् ।

सांसद बुढा मगरले आवतजावतमा सहजता ल्याउनको लागि सडकस्तरोन्नति थालिएको बताउँदै आगामी बर्ष कालोपत्रे गर्ने योजना रहेको बताइन् ।
मोटरबाटो स्तरोन्नतिको ठेक्का कालीगण्डकी निर्माण सेवा तमानखोलाले लिएको छ । सम्झौता अनुसार असारमसान्तसम्म सडक स्तरोन्नतिको काम सकिसक्नु पर्नेछ ।

बाटो स्तरोन्नति गरिएसँगै सडक दुर्घटना न्यून हुँदै गएको स्थानीय अन बहादुर छन्त्यालले बताए ।

‘बाटो साँघुरो र खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढि थियो’ उनले भने–‘सडक स्तरोन्नति थालिएसँगै त्यो सम्भावना कम हुँदै गएको छ ।’