
म्याग्दीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार गाउँ जाँदै गरेको ग १ ज ७६५३ नम्बरको यात्रुवाहक नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसमेत दुई जनाको मृत्यु भएको हो ।
खोप्राबाट झरेका तीन जना पर्यटक लिन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट पाउद्वार गाउँतर्फ जाँदै गरेको जिप आइतबार साँझ सडकदेखि करिब ५० मिटर तल खस्दा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजाको मृत्यु भएको हो ।