images
images

म्याग्दीको बेनी नगरपालिकाले निर्माण गर्न लागेको रावणपार्क योजना अलपत्र

म्याग्दीको बेनी नगरपालिकाले निर्माण गर्न लागेको रावणपार्क योजना अलपत्र परेको छ । नगरपालिकाको वडा नम्बर ५ पछैमा निर्माणाधिन रावणपार्क योजना १८ महिनादेखि अलपत्र परेको हो ।

उक्त योजना नगरका कर्मचारीको लापरबाहीका कारण अलपत्र पर्दै आएको छ । पर्यटन मन्त्रालयको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा तीन वर्षअघि पार्क निर्माण सुरु भएको थियो ।

योजना कार्यान्वयन प्रगति प्रतिवेदन सम्बन्धित निकायमा समयमै बुझाउन नसकेका कारण बजेट रोकिएपछि योजनामा बजेट अभाव भएको छ । बजेट अभाव हुँदा पार्क निर्माण अघि बढाउन समस्या भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

उहाँका अनुसार अघिल्लो वर्षमा नगरका कर्मचारीको लापरबाही र ढिलासुस्तीका कारण योजनाको प्रगति प्रतिवेदन समयमै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा नपुग्दा बजेट कटौतीमा परेको हो । बजेट कटौती हुँदा रावण पार्कको योजना अघि बढाउन समस्या भएको उहाँले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत रावणको मूर्तिसहित पार्क बनाउन २०७७ फागुनमा काठमाडौं कलङ्कीको धर्म एस कास्यप जेभीसँग १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ रुपियाँमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो