images
images

सामुहिक उद्यममा ताराखोलाका महिलाहरु

बागलुङ,२७ फागुन ।

जिल्लाको ताराखोला गाउँपालिकाका महिलाहरु सामुहिक उद्यममा लागेका छन् । तिन महिने तालिम लिए पछि वडा न. २ अर्गलका महिलाहरुले सामुहिक रुपमा धागाकोे कपडा उत्पादन व्यवसायमा लागेका हुन् ।
गत बर्षको फागुनमा तिन महिना तालिम लिएपछि ७ लाख रुपैयाँ लगानीमा ताराखोला होजियारी लघु उद्यमी समुह मार्फत धागाका सामानहरु उत्पानमा लागेका हुन् । समुहमा ताराखोलाका ७ जना महिला सम्मिलित छन् ।

समुह मार्फत उनीहरुले धागाका सुईटर, मखलर, स्कुल ड्रेस, आउटर, टाउजर, टोपि र गलबन्दी लगायतका सामाग्री उत्पादन गर्दै आएका छन् ।

ताराखोला गाउँपालिकाको ७५ प्रतिशत र उद्यमी महिलाको २५ प्रतिशत लगानीमा उद्यम सुरु गरिएको समुहका अध्यक्ष दिल कुमारी घर्तिले बताइन् ।

आफुहरुले उत्पादन गरेको सामाग्री गाउँमै राम्रो खपत भइरहेको घर्तिले बताइन् ।

‘अहिलेसम्म बिक्रि भएन भनेर अन्यत्र जानु पर्ने अवस्था छैन, यहिका विद्यालयले सामान खरिद गर्नु भएको छ, उत्पादित सामाग्री गाउँमा नै खपत भएको छ ।’ उनले भनिन–‘यसलाई हामीले थप बढाउँदै जाने सोचाई बनाएका छौँ ।’

गण्डकी प्रदेश सांसद कुशुम बुढा मगरले महिलाहरुले सामुहिक रुपमा उद्यम सुरु गरेर राम्रो गरेको भन्दै प्रशंसा गरिन् ।  यसले गरिबी निवारणको लागि सहयोग पुग्ने बताउँदै आफ्नो तर्फबाट पनि सहयोग गर्न तत्पर रहेको बताइन् । उत्पादित सामाग्री गाउँमै बिक्रि हुनुका साथै विभिन्न ठाउँमा हुने मेला महोत्सवमा समेत लगिने गरेको उद्यम विकास सहजकर्ता निरु घर्तिले बताइनि