images
images

बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता

बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता गरेका छन् । बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कम्पनीसँग प्रारम्भिक सम्झौता गरिएको भएको हो । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि कोरियाली प्रविधि भित्र्याउने नगरपालिकाको लक्ष्य रहेको छ ।

कोरियाको वातावरण विभाग अन्तर्गतको ‘एएलके इसिओ’ कम्पनीका प्रमुख खो यु सेप र प्रमुख कार्यकारी अधिकृत जङ डेटोङ तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।

कोरियाली कम्पनीले ‘जिरो वेस्ट म्यानेजमेन्ट’का लागि प्रविधि उपलब्ध गराउने र प्राविधिक सीपका लागि पनि तालिम दिने जनाइएको छ । हाल बागलुङ नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहर फाल्दै आएको छ ।

दुवै नगरका डम्पिङ साइट सडक छेवैमा भएका कारण दुर्घन्ध फैलिएको गुनासो हुदै आएका छ । २०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहर फालेको थियो । अहिले बानपा–१ को खुर्तुर्के भन्ने स्थानमा फोहोर व्यवस्थापन गरिँदै आइएको छ । अव भने नगरपालिकलो कुहिने र नकुहिने फोहर छुट्टै निकाल्ने व्यवस्थापन गर्ने भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

कुहिने र नकुहिने फोहर छुट्टै निकाल्न सकिने मेसिनमा ढुङ्गा, सिसा र फलामजन्य वस्तुबाहेक सबै नष्ट पार्न सकिने उहाँको भनाई थियो । सो विधिबाट न्यूनतम बिद्युतको खपतमै एक हजार एक सय डिग्री तापक्रमबाट फोहर नष्ट हुने । त्यसबाट धुँवा र धुलोसमेत नहुने भएकाले कार्बन उत्र्सजन पनि नहुने बताइएको छ ।

बागलुङ नरपालिकाले दैनिक ६ टनसम्म फोहर निष्कासन गर्ने भएकोले प्लास्टिकजन्य वस्तु नै दुई टनसम्म हुने अनुमान गरेर ठूलो मेसिन खरिद गर्ने भएको हो । कुश्मा नगरपालिकाले भने सानो मेसिनका लागि तयारी गरेको जोशीले बताउनुभयो ।