ट्रयाक खुलेको २५ बर्ष सम्म पनि मध्यपहाडी लोकमार्गको बिहुँखण्ड कालोपत्रे नभएपछि यहाका स्थानिय आन्दोलित भएका छन । लामो समयदेखि ठेकेदारको लापरबाहीले कालेपत्रेको काम अलपत्र भएपछि काठखोला गाउँपालिका– ५ र ६ का स्थानीय आन्दोलित भएका हुन्।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत बागलुङमा पर्ने १४२ किलोमिटर मध्ये जम्मा २५ किलोमिटर सडक खण्ड कालोपत्रे सम्पन्न हुन सकिरहेको छैन ।
विकास निर्माणको चरम लापरबाही मध्यपहाडी राजमार्गको बागलुङ सदरमुकाम खण्डमा देखेपछि यहाँका स्थानीयहरु निरन्तर आन्दोलित बन्दै आएका छन् ।
१२ किलोमिटर सडक सम्झौता रद्द गरेको ठेक्कालाई पुन ठेक्का आव्हान गर्ने तयारीमा आयोजना रहेपनि ढिलाईभएको भन्दै स्थानीयहरु आर्कोसित बनेका हुन् ।
प्रभावित क्षेत्रका स्थानियले घोडबाधे बिहुँँँ खण्डको टेण्डर तुुरुन्त खोली तत्काल काम शूरु गर्नुुपर्ने,तल्लो बिहुु अक्षेते खण्डको काम तत्काल शुरु गर्नुपर्र्ने र यस खण्डका तत्कालिन ठेकेदारले जनता लाई झुक्कार्ई रकम ठगी गरेकाले राज्यले पहल गरी साो रकम फिर्ता गराउनुुपर्ने लगायतका माग राखेका छन । आफ््ना माग पुुरा नभए यहि माघ २१ गते देखी बिहुँ घोडाबाधे खण्डका सम्पुुर्ण सवारी साधन रोकेर आन्दोलन गर्ने काठेखोला गाँँउपाालिकाका वडा नम्वर – ६ का अध्यक्ष बृहस्पती शर्मा कँडेलले बताउनुभयो ।
दुई वर्षमा सक्नेगरी निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको ७ वर्ष सम्म कालोपत्रको काम नगर्दा बिहुँका स्थानीयले निरन्तर दबावमुलक काम गर्दै आएका छन् ।
बागलुङको उपल्लाचौर देखि १३ किलोमिटर पहिलो खण्डको ठेक्का सम्झौता मिति सकिएको छ भने घोडाबाँधे सम्मको १२ किलोमिटर दोस्रो खण्डको निर्माण व्यवसायीसंगको ठेक्का सम्झौता रद्द भइसकेको छ ।
रद्द भएपछि पुन ठेक्का लागि अर्थमन्त्रालयमा पठाइएपनि ढिलाएको मध्यपहाडी पुपलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो ।
काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न आन्दोलन गरेपछि आयोजनाले ठेक्का रद्द गरिएको थियो । पुन ठेक्काको माग गर्दै स्थानीयहरुले लोकमार्ग भएर आउने सवारीसाधनहरु पटक–पटक ठप्प पार्दै आएका छन् । लोकमार्गको उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्डको १३ किलोमिटर सडकको सम्झौता भारत–सिद्धिसाई जेभीले गरेको थियो ।